×

TUNGOON

सुकेधारास्थित आयुष डान्सबारबाट १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जना पक्राउ


काठमाडौं । फगुन २८ गते
काठमाडौं महानगरपालिकाबाट सुकेधारास्थित आयुष डान्सबारबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका ३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यस्तैभक्तपुर प्रहरीले ४२ लाख बढी अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बैतेश्वर–६ घर भई हाल भक्तपुरको बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय बिनोद तामाङ छन् ।उनीहरु दुवैलाई शुक्रबार सम्पति शुद्धीकरण विभाग पुल्चोक, ललितपुरमा पठाइएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसरमा कार्यरत प्रहरी निरीक्षकद्वय शशीघर शर्मा र सुदन केसीको कमाण्डमा छुट्टाछुट्टै टोली परिचालन भएका थिए ।

सो टोलीले बिहीबार बिहानपख २ बजेतिर पेप्सीकोलाबाट सानोठिमी तर्फ आउँदै गरेको बा २१ च ३८३९ नं।को नीलो रंगको कारको डिक्कीबाट २७ लाख रुपैयाँ नगद बरामद गरेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला