×

TUNGOON

१९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षर


काठमाडौं । फगुन २८ गते

 १९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु भएको बीबीसीले जनाएको छ । बाइडेनको हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ । कोरोनाका कारण जनजीविकामा नै समस्यामा परेका नागरिकलाई सहायता दिलाउन भन्दै यो विधेयक ल्याइएको होे ।

बाइडेनले यो विधेयकमा समावेश भएका योजनाबारे आज देशवासीका नाममा सम्बोधन गर्ने बीबीसीले जनाएको छ ।कोरोनाका कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म २ करोड ९९  लाखभन्दा जना कोरोना भाइरसबाट सङ्क्रमित छन् भने पाँच लाख ४३ हजारभन्दा धेरैको ज्यान गएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला