×

TUNGOON

विधानमै सहमति जुट्न नसकेपछि जसपाद्वारा संसदीय दलको नेता चयन गर्ने प्रयास असफल


काठमाडौं फगुन २८ गते
आज विधान पारित गर्न र दलको नेता चयन गर्न भन्दै संसदीय दलको बैठक बसेको थियो । जनता समाजवादी पार्टी (जसपा) ले आज संसदीय दलको नेता चयन गर्ने प्रयास असफल भएको छ । विधानमै सहमति जुट्न नसकेपछि नेता चयन गर्ने प्रयास असफल भएको हो ।

सहमतिको प्रयास स्वरुप विधानमा सहमति कायम गर्न अनिल झा र रामसहाय प्रसाद यादव सदस्य रहेको कार्यदल गठन गरिएको जसपाले जनाएको छ । विधान पारित भएपछि मात्र दलको नेता चयन हुने जानकारी दिएको छ । दलको नेताका लागि अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले प्रयास गरिराख्नु भएको छ भने संसदीय दलको बैठकमा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्ताबारे अध्यक्ष ठाकुरले ब्रिफिङ समेत गर्नु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला