×

TUNGOON

सत्ताका लागि ओलीसँग सहकार्य नहुने जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवको टिप्पणी


काठमाडौं । फगुन २८ गते
जनता समाजवादी पार्टी नेपालका नेता उपेन्द्र यादवले सत्ताका लागि केपी शर्मा ओलीसँग सहकार्य हुन नसक्ने प्रस्ट पार्नु भएको छ । आज संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले लोकतन्त्रविरोधी’सँग कुनै पनि हालतमा सरकारमा सहकार्य हुन नसक्ने जिकिर गर्नु भयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र विरुद्ध कदम चालेको, संसदको हत्या गरेको भन्दै सर्वोच्च अदालतबाट ओलीका असंवैधानिक तथा अलोकतान्त्रिक कदम परास्त भएको अवस्थामा फेरि उनैसँग सहकार्य गर्नका लागि आफ्नो पार्टी तयार नहुने प्रस्ट पार्नु भएको छ । जसपा नेपालले गठन गरेको कार्यदललाई रेशम चौधरीको रिहाइका लागि आवश्यक छलफल गर्ने जिम्मेवारी दिइएको प्रस्ट पार्दै उहाँले उक्त कार्यदलले सत्ता गठबन्धनका बारेमा कुनै प्रकारको छलफल नगर्ने बताउनु भएको छ । उहाँले आफुहरुले सरकारका लागि नभई सांसद रेशम चौधरीको रिहाइका लागि मात्र कार्यदल बनाएको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला