×

TUNGOON

अनुहारको दाग हटाउने ५ अचुक घरेलु उपायहरु



काठमाडौं । फगुन २८ गते

सुन्दर अनुहार बनाउन मानिसहरु अनेकौं केमीकलयुक्त सौन्दर्य साधनहरु अपनाउने गर्दछन् । तर घरमै उपलब्ध घरेलु चीजको प्रयोग गरेर पनि अनुहारमा चमक ल्याउन सकिन्छ । जुन चिजले छालालाई कुनै प्रकारको असर गर्दैन् ।अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। राम्रो, चम्किलो भएको अनुहार जो कोहीलाई पनि मन पर्छ ।

अनुहार हाम्रो शरीरको सबैभन्दा अभिन्न अङ्ग हो । झट्ट हेर्दा सबैको पहिलो नजर अनुहारमा नै जान्छ । त्यसैले अनुहारको बिशेष ख्याल राख्नु पर्छ । आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन् ।जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन् । तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पुर्‍याई रहेको हुन्छ त्यो हामीलाई थाहा हुन्न । तसर्थ, एक पटक छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र अनुहारमा कुन किसिमको मेकअप प्रोडक्ट प्रयोग गर्ने भन्ने निर्णय लिनु उचित हुन्छ । अनुहारको दाग हटाउने घरेलु उपायहरु निम्न प्रकार छन् ।अनुहारको दाग हटाउने घरेलु उपायहरु निम्न प्रकार छन्

१.दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ,कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।

२्दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।

३. बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।

५.आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ,।बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।

६. पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ,गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ ,घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला