×

TUNGOON

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु ,बाँकेमा बस दुर्घटना हुँदा ३७ जना घाइते


काठमाडौं । फगुन २९ गते
मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।प्रहरीका अनुसार हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक शनिबार बिहान ३ बजेतिर ठोक्किएका हुन्।दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तैबाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा गएराति ११ बजे जन्ती बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। ना ३ ख ९७५९ नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।राप्ती सोनारी–३ खैरेनीबाट बेहुली लिएर दाङ देउखुरीको मौरीघाट जाँदै गरेको सब दुर्घटना परेको हो। दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारी गाउँपालिकाकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बेहुला र बेहुली भने सुरक्षित छन्। उनीहरु अर्को गाडीमा सवार थिए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला