×

TUNGOON

प्रधानमन्त्री ओलीले एमालेलाई सिध्याउनेतर्फ अगाडि बढेको नेता प्रदीप नेपालको आरोप


काठमाडौं । फगुन २९ गते
नेता प्रदीप नेपालले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिध्याउनेतर्फ अगाडि बढेको बताउनु भएको छ । आफू खेमाका सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाउने बाटोमा हिडे्को उहाँको भनाई रहेको छ । नेता नेपालले जनताको बहुदलीय जनवादको ठीक उल्टो र अध्यक्ष ओलीले पार्टी नेताहरुलाई अपमान गरेर निरंकशता देखाएको आरोप लगाउनु भएको छ ।

उहाँले झलनाथ खनाल, माधव नेपालहरुलाई अपमान गरेको उहाँको भनाई छ । उहाँले एमाले एउटै हुने सम्भावना नदेखिएको र आफू एमालेको कुनै गुटमा नरहने समेत जानकारी दिनु भएको छ । ओलीले खनाल(नेपाल समूहका सवै नेतालाई भूमिकाविहीन बनाउने निर्णय गरेका छन् । ओलीको यो कदम लगत्तै इतर समूहले पनि केन्द्रीय कमिटी सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला