काठमाडौं । फगुन २९ गते
आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै आगामी चैत ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नेपाल–खनाल समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले केही समयदेखि एमालेका वरिष्ठ नेता माधवकुमार समूह बैठकमा उनुपस्थित भएको बताउँदै ७ गतेको बैठकमा आउन आग्रह गर्नु भएको हो । उहाँले पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ ।