×

TUNGOON

आफ्नो सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने उर्जामन्त्री रायमाझीको कथन


काठमाडौं । फगुन २९ गते
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आफ्नो सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने नेकपा (एमाले)का मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले जिकिर गर्नु भएको छ । उहाँले सही बिचार, सिद्धान्त र निष्ठाको राजनीति प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ आफूहरुले कुनै पनि हालतमा नछाड्ने बताउनु भएको छ ।

देश विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको बिचारको पछि लागेको रायमाझीको भनाइ थियो । अब आफूहरु कुनै पनि हालतमा नेकपा ९माओवादी केन्द्र०मा नफर्किने यस्तै मन्त्री रायमाझीले दाबी गर्नु भएको छ । उहाँले माओवादी केन्द्रलाई जलिसकेको डोरीको संज्ञा समेत दिनु भएको छ । यस्तै तत्कालिन माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टको हिनामिना भएको भनिएको १९ अर्बबारे प्रश्न उठ्दा आफूहरुले यसबारे खोजी र अध्ययन गरिरहेको पनि नेता रायमाझीले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला