×

TUNGOON

जर्मन बुन्डेसलिगा फुटबलमा हेर्था बर्लिनमाथि बोरुसिया डर्टमण्डको जित


काठमाडौं । चैत १ गते
शनिबार राति भएको जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ । डर्टमण्डले हेर्था बर्लिनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन जुलियन ब्राण्ड र युसौफा मोउकोकोले एक एक गोल गरेका थिए ।खेलको ५४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा भ्लादमिरले रातो कार्ड पाएपछि बर्लिन १० खेलाडीमा समेटिएको थियो ।त्यसपछि खेलको इन्जुरी समयमा मोउकोकोले गोल गर्दै डर्टमण्डलाई २–० को जित दिलाएका थिए।जितसँगै डर्टमण्डले २५ खेलमा ४२ अंक जोडेको छ भने डर्टमण्ड लिगको पाँचौं स्थानमा रहेको छ । त्यस्तैबर्लिन २१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला