×

TUNGOON

आज माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक बस्दै, राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने कार्यसुची


काठमाडौं । चैत १ गते
आज पार्टी केन्द्रिय कार्यालय पेरिशडांडामा बैठक ११ माओवादी केन्द्रको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने कार्यसुची रहेको छ ।त्यसैगरी, माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाही गर्ने तयारी समेत छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा हाल गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानीमन्त्री मणी थापा र श्रममन्त्री गौरीशंकर चौधरी छन् । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका २३ जना नेताहरुलाई नेकपा एमालेको केन्द्रिय सदस्यमा नियुक्त गर्नुका साथै पार्टीको विभिन्न जिम्मेवारी समेत दिएका छन् ।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको निर्देशन उल्लंघन गर्ने नेताहरुलाई कार्वाही गर्ने तयारी भएको जानकारी दिएका छन् । तर, ओली नेतृत्वको सरकारमा गएका र एमाले प्रवेश गरेका नेताहरुले आफुहरु माओवादी केन्द्रमा नफर्कने स्पष्ट पारिसकेका छन् । उनिहरुले आफुहरुको सांसद पद गए पनि नर्फकने सन्देश दिइसकेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला