×

TUNGOON

आज सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि,कति पुग्यो तोलाको ?


काठमाडौं । चैत १ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा ५ सय रुपैयाँले बृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला