×

TUNGOON

प्रधानमन्त्रीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको शिक्षामन्त्री श्रेष्ठको कथन


काठमाडौं । चैत १ गते
प्रधानमन्त्री ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको भनाई रहेको छ । उहाँले शनिवार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताउनुभयो ।

सर्वोच्चले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गर्नुभयो ।

यसअघि पनि वल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्नुहुँदै उहाँले अवको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताउनुभयो ।उहाँले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्नुहुँदै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला