×

TUNGOON

नयाँ सरकार गठन नै अहिलेको मुख्य राजनीतिक कार्यभार रहेको नारायणकाजी श्रेष्ठको भनाई


काठमाडौं । चेत १ गते
नयाँ सरकार गठन नै अहिलेको मुख्य राजनीतिक कार्यभार रहेको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै श्रेष्ठले प्रतिगामी र विसर्जनकारी हमला भएकाले एमाले–माओवादी एकता कायम रहन नसकेको बताउँनु भएको हो । उहाँले पुस ५ गते संविधानविपरीत प्रतिनिधिसभा विघटन गरियो जुन प्रतिगामी हमला रहेको र त्यसपछि पुस ७ गते विसर्जनकारी कोणबाट हमला भयो र हाम्रो पार्टी तत्कालीन नेकपा माथि विभाजन लादियो र छुट्टै नेकपा नामको पार्टी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई प्राप्त अवसर गुमाउने काम आफ्नै साथीहरुबाट भएको उहाँको भनाई छ ।

उहाँले पहिले संविधानलाई लिकमा ल्याउने र सबै प्रतिगमनलाई सच्याउनुपर्छ भनेकाले त्यसमा सफल भएको जानकारी दिनु भयो । प्रतिनिधिसभा पुनस्र्थापना भए पनि प्रतिनिधिसभा ब्युतिएँपनि प्रतिगमनको खतरा अन्त्य नभएको बताउनु भएको छ । उहाँले एमाले र माओवादीलाई साबिककै अवस्था ब्युताउँने सर्वोच्चको फैसला योजनावद्ध र राजनीतिक रहेको आरोप लगाउनु भएको छ । ‘


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला