×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत २ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने कार्य सम्पादनमा सहजता नमिल्नुका साथै जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ भने व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सामाजिक प्रसिद्धि प्राप्त हुने योग रहेको छ भने विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनुका साथै सवारी साधनको खरिद बिक्री हुने तथा लामो यात्रा सुखद् र सफल हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुने योग रहेको छ भने राज्यबाट मान सम्मान पाइने तथा बोलीको भरमा कार्य सहजै सम्पादन हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज परिवारका सदस्यहरू सकारात्मक हुने योग रहेको छ भने मायाँ प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मन सम्हाल्न आवश्यक देखिन्छ भने दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्ने तथा शेयर बजारमा पनि उतारचढाव आउन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुका साथै कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मातापिता र वरिष्ठ व्यक्तित्वको सहानुभूति र आशीर्वाद मिल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने हिला वर्गबाट सहयोग पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अरुलाई प्रभावित पारेर काम बन्ने तथा वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुका साथै आयआर्जनका क्षेत्रमा सुधार आउनेछ र पठनपाठनमा प्रगति हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै प्रेमीको सहयोग प्राप्त हुनेछ र छोटो यात्रा पनि होला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना रहेको छ भने धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउनुका साथै अधुरो काम बन्ने तथा धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज श्रमको उचित मुल्याङ्कन हुने योग रहेको छ भने मनमा हर्ष,उमङ्ग र उत्साह छाउने तथा कला र गलाको प्रभाव बढ्नेछ र शुभ समाचार पनि सुन्न पाइएला ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला