×

TUNGOON

फ्रेन्च लिग वान फुटबलमा पीएसजीमाथि नान्टेसको जित


फ्रेन्च लिग वान फुटबलमा पीएसजीमाथि नान्टेसको जित
काठमाडौं । चैत २ गते
आइतबार राति भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । पीएसजी घरेलु मैदानमा नान्टेससँग २–१ गोल अन्तरले पराजित भएको हो ।घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले हार व्यहोरेको हो ।खेलको ४२ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए तर, खेलको ५९ औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १(१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २–१ गोलको जित दिलाएका थिए ।यस हारसँगै पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।पीएसजी २९ खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।नान्टेस २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला