×

TUNGOON

वास्तु शास्त्रका अनुसार घरको पूजास्थल बनाउँदा ध्यान दिनु पर्ने कुराहरु


काठमाडौं । चैत २ गते
वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुशास्त्रको नियम अनुसार कार्य गर्दा सकारात्मक शक्तिको बास हुने र नकारात्मक शक्ति बाहिरिने धार्मिक विस्वास रहेको छ । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ।

प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। आाज हामि वास्तु शास्त्रका अनुसार घरको पूजास्थल कुन दिशामा बनाउने भन्नेबारे चर्चा गर्न गैरहेका छौ ।हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। पूजास्थल बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन् ।

१.पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन

२.पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन

३.पूजा कोठा शौचालय संग एकै पर्खालले जोडिएको हुनु हुदैन

४.पूजा कोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ भने पूजा कोठा सयन कक्षमा बनाउनु हुँदैन

५.भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन

६.घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनु पर्छ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला