×

TUNGOON

आइतबार म्यान्मारमा सेनाको कारबाहीमा परी कम्तिमा ३९ प्रदर्शनकारीको मृत्यु



काठमाडौं । चैत २ गते
आइतबार म्यान्मारमा सेनाको कारबाहीमा परी कम्तिमा ३९ प्रदर्शनकारीको मृत्यु भएको छ। हालसम्म म्यानमारमा सैन्य कारबाहीमा परी १२० भन्दा बढी आन्दोलनकारीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सेनाले सत्ता आफ्नो हातमा लिएपछि जारी आन्दोलनमा आइतबार हालसम्मकै सबैभन्दा बढी आन्दोलनकारी मारिएका एजेन्सीले जनाएका छन्। सैनिक कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइबारलाई लिइएको छ। याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमामात्रै कम्तीमा २१ प्रदर्शनकारी मारिएका छन् भने देशका अन्य शहरमा पनि आन्दोलनकारी मारिएका छन्। प्रहरीले आन्दोलनकारीमाथि निर्मम तरिकाले गोली चलाइरहेको छ। याङ्गुनमा सैन्य कानुन लागू गरिएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला