×

TUNGOON

आफूहरू वामपन्थी एकताको पक्षमा रहेको नेकपा एमालेका स्थायी समिति सदस्य भीम रावलको भनाई


काठमाडौं । चैत २ गते
आफूहरू वामपन्थी एकताको पक्षमा रहेको नेकपा एमालेका स्थायी समिति सदस्य भीम रावलले बताउनु भएको छ । आज सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूहरू एमालेको एकताका पक्षमा रहेको बताउनु भएको छ ।

उहाँले छलफलमा फागुन २८ गते एमालेको ओली पक्षीय केन्द्रीय समिति बैठकले गरेका निर्णय आफूहरूलाई मान्य नहुने बताएको जानकारी दिनु भएको छ । वार्तामा नेपाल पक्षले आफ्ना कुरा राखे पनि कुनै सहमति भने नभएको उहाँको भनाई छ । एमाले र माओवादी अलग भएपछि स्वाभाविक रूपमा हामी तीन वर्षअघिको अवस्थामा चल्नुपर्छ भन्ने स्पष्ट रहेको बताउँदै छलफलमा आ(आफ्ना धारणा राखेको उहाँले जनाकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला