×

TUNGOON

सभापति देउवाको मौनता रहस्यमय भएको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको टिप्पणी


काठमाडौं । चैत ३ गते
मुलुकको राजनीतिक निकासका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनु भएको छ । आज प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै काँग्रेस वरिष्ठ नेता पौडेलले माओवादी र जसपालाई साथमा लिएर काँग्रेसले सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको मौनता रहस्यमय भएको समेत टिप्पणी गर्नु भएको छ । नेता पौडेलले मुलुक चरम संकटमा पर्दा पनि पार्टी सभापति शेरबहादुर देउवाको उदासिनता र रहस्यमय मौनताप्रति आफूलाई आशंका लागेको बताउनु भएको छ ।

सभापति देउवाको मौनताले नै मुलुक अनिर्णयको बन्दी बनेको उहाँले आरोप लगाउँनु भएको छ । उहाँले अहिलेको अवस्थामा काँग्रेस नेतृत्व अनिर्णित र ढुलमुले अवस्थामा रहन नहुने समेत जिकिर गर्नु भएको छ । अब काँग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गर्दै समस्याको निकास दिनुपर्ने बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले अधिनायकवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट निकालेपछि मात्रै मुलुकले निकास नपाउने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई हटाउनु नै अहिलेको उत्तम विकल्प भएको बताउदै कुर्चीबाट हटाएपछि मात्र मुलुकले सही दिशा लिने स्पष्ट पार्नु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला