×

TUNGOON

पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने प्रधानमन्त्री ओलीको चेतावनी


काठमाडौं । चैत ३ गते
पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिनु भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताउनु भएको छ ।

उहाँले बुधबार माधव नेपाल पक्षको हुन लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न,त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको उल्लेख गरे । अपराध गर्नेलाई स्वागत छ नभने पनि पार्टीमा आए काम गर्न दिने बताए । उनले हिजोको झै तमासा गर्ने,जग हँसाई गर्ने,मिडियालाई समाचार लेख्न काम पाउने अवस्था सिर्जना नगर्न आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला