×

TUNGOON

पार्टीभित्रको जटिल समस्याले एकता अभियानलाई नयाँ किसिमको काम आएको नेता वामदेव गौतमको भनाई


काठमाडौं । चैत ३ गते
पार्टीभित्रको जटिल समस्याले एकता अभियानलाई नयाँ किसिमको काम आएको नेकपा एमालेका नेता वामदेव गौतमले बताउनु भएको छ । आज काठमाडौंमा आयोजित राष्ट्रिय एकता अभियानको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले पार्टीमा विवाद गरिरहेका दुवै पक्षसँग छलफल र वार्ताको वातावरण आफूले बनाइरहेको बताउनु भएको छ ।

उहाँले एकता अभियानका काम अत्यन्त सफल छन् भन्ने मलाई लागेको भन्दै ‘प्रधानमन्त्रीले संसद भंग गर्ने र अर्को पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने घटनाबीचमा हामीले एकता अभियान थालेपछि दुवै थरिका विचार सुन्ने र फेरि एकतामा ल्याउने प्रयत्न गरेको बताउनु भएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि विभाजित भएका दुई समूहका बीचमा एकताका लागि प्रयत्न गरेको नेता गौतमले स्मरण गर्नु भयो । दूतको रूपमा उतायता विचार पुर्‍याउने र एकताका लागि प्रयत्न गर्ने हामीबाहेक कोही थिएन,’ उनले भने, ‘सर्वोच्च अदालतको इजलासले ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाम प्रदान गर्दै आफ्नो नाम खोसिएको उहाँले आरोप लगाउनु भएको छ । नयाँ अवस्था सिर्जना भएपछि दुई पार्टी सहज रूपमा अगाडि बढ्लान् भन्ने लागेपनि त्यसो हुन नसकेको नेता गौतमले बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला