×

TUNGOON

प्रधानमन्त्रीलाई धम्कीको भाषा नबोल्न नेकपा एमालेका सचिव योगेश भट्टराईको आग्रह


काठमाडौं । चैत ३ गते
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाही गरेर देखाउने नेकपा एमालेका सचिव योगेश भट्टराईले चेतावनी दिनु भएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा पार्टीको विधि विधान विपरित हिँड्नेलाई कार्वाही गर्ने अभिव्यक्ति दिएपछि पूर्वमन्त्री समेत रहनु भएका भट्टराईले चुनौति दिनु भएको हो ।

बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताउनु भयो । नेता भट्टराईले प्रधानमन्त्रीलाई धम्कीको भाषा नबोल्न आग्रह समेत गदै कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला