काठमाडौं । चैत ३ गते
कम्युनिस्ट आन्दोलनमा रहेका हानिकारक विचारलाई त्याग्न जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गर्नु भएको छ । आज सामाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले कुवाको भ्यागुतो जति उफ्रे पनि कुवामै पर्ने बताउनु भएको छ ।

कम्युनिस्ट आन्दोलनका कतिपय पुराना, कतिपय गलत, कतिपय नेपालको ठोस परिस्थितिमा हानिकारक सावित भइसकेका विचार, मान्यता, प्रणाली त्यागेर समग्र अग्रगामी परिवर्तनकारी आन्दोलनलाई पुनःसंरचना गर्ने सोंचर आँट नभएसम्म जति चिरा परे पनि नहुने बताउनु भएको छ ।