×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत ४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुने योग रहेको छ भने नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नुका साथै आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्नुका साथै गरेको काममा ढिलासुस्ती हुने तष खर्चको मात्रामा बृद्धि पनि भइरहन्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज भाग्यमय वृद्धि हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनुका साथै नयाँ र शुभ समाचार सुन्न पाइने योग रहेको छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ नयाँ कार्यको अवसर मिल्नुका साथै धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनुका साथै काम देखाएर अरूको मन लोभ्याउन सकिने तथा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुने योग रहेको छ भने अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने तथा शत्रुपक्ष हावी हुन सकनेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज रहस्यात्मक विषय र गूढ विज्ञानमा रूचि जाग्ने योग रहेको छ भने सहयोगी हातहरू अघि बढ्ने तथा आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउनुका साथै गरेको कार्यबाट सफलता मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने तथा छोटो यात्रा पनि हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहने योग रहेको छ भने दैनिक कार्यहरूमा प्रगति हुने तथा शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अकस्मात सफलता पाईन सकिन्छ तर अपमानको सम्भावनापनि रहने योग रहेको छ भने दैनिक कार्यहरूमा प्रगति हुने तथा शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्ने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० आज भाग्यमय वृद्धि हुने योग रहेको छ भने मनमा हर्ष,उमङ्ग र उत्साह छाउनुका साथै वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला