×

TUNGOON

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश


काठमाडौं । चैत ४ गते
मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई ३(१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम आठमा पुगेको हो ।घरेलु मैदानको जितसँगै रियल समग्रमा ४(१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियलले १–० को जित निकालेको थियो ।

दोस्रो लेगमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक एक गोल गरे । एट्लान्टाका लुइस मुरिएलले एक गोल फर्काएका थिए ।खेलको ३४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १(० को अग्रता दिलाएका थिए । उनको यो ७० औं च्याम्पियन्स लिग गोल हो ।खेलको ६० औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दा रियलको अग्रता २(० को बन्यो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका रामोसले पहिलो खेलमै गोल गरेका हुन् । पहिलो लेग उनले गुमाएका थिएका थिए ।

खेलको ८३ औं मिनेटमा एट्लान्टाका लुइसले गोल गरेपछि खेल २(१ को स्थितिमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई ३(१ को जित दिलाएका थिए।यससँगै रियल ३६ औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल अघिल्ला दुई सिजन अन्तिम आठमा पुग्न असफल भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला