×

TUNGOON

आजदेखि नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहद्वारा राष्ट्रिय भेला आयोजना।भेलामा देशभरबाट करिब २ हजार नेता कार्यकर्ता सहभागी हुने


काठमाडौं । चैत ४ गते
आजदेखि नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले राष्ट्रिय भेला आयोजना गरेको छ ।एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी राष्ट्रिय भेला आयोजना गरेको हो ।भेलामा देशभरबाट करिब २ हजार नेता कार्यकर्ता सहभागी हुने जनाईएको छ ।

भेलामा पार्टी केन्द्रिय कमिटी, केन्द्रिय कमिटीका पुर्व सदस्यहरु, प्रदेश कमिटी सदस्य, संघ तथा प्रदेशका सांसद, पुर्व सांसद, जिल्ला कमिटीका पुर्व सदस्यहरु लगाएत अन्य तहका नेताहरु सहभागी हुनेछन् ।उता, प्रधानमन्त्री केपी ओलीले पार्टी नेतृत्वविरुद्ध आफूखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।बालुवाटारमा हिजो आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिनुभएको हो ।ओलीले पार्टी भन्दा बाहिर गएर गरिएका गुटगत भेलामा सहभागि हुनेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला