×

TUNGOON

प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा जमाएको पूर्व प्रधानमन्त्री भट्टराईको आरोप


काठमाडौं । चैत ४ गते
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधनस्रोत कब्जा जमाएको आरोप समेत लगाउनु भएको छ ।

;

पूर्व प्रधानमन्त्री डा. भट्टराईले राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उहाँलाई छिटो बिदा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न चुक्यौं भने कसैलाई पनि इतिहासले माफ नगर्ने टिप्पणी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला