×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत ५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ कमको थालनी हुने योग रहेको छ भने धार्मिक यात्राको हुनुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुने तथा अचल सम्पत्ति हात पर्ला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज महत्त्वपूर्ण अवसर गुम्न सक्ने योग रहेको छ भने यात्रामा सावधानी अपनाउनु नै पर्ने तथा नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभ कार्यको लागि यात्रा हुनुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउने तथा दाम्पत्य जीवन सुखमय हुने योग रहेको छ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आँटेको र ताकेको कार्य पुरा हने तथा ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने बोलीको प्रभाव पनि बढ्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज प्रेम सम्बन्ध कसिलो हुनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा बौद्धिक काममा सफलता मिल्नेछ र दाम्पत्य सुखले प्रसन्न भइनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुने तथा राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज विद्या, विवेक, बुद्धि र समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्नुका साथै आफन्त संग भेटघाट पनि रहला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अधुरो काम पूरा हनुका साथै व्यवसायका लागि यात्राको योग रहेको छ भने महिला वर्ग बाट विशेष सहयोग मिल्ने तथा वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक कार्य सफल रहनुक ासाथै महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको भने श्रमको उचित मुल्याङ्न हुने तथा दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज जे गरे पनि सफलता हात पर्ने सम्भावना रहेको छ भने नोकरी र व्यायसायिक जीवनमा सुधार आउने र प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुने योग रहेको छ भने प्रेम र मित्रताको बन्धन कसिने तथा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्नुका साथै मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला