×

TUNGOON

प्रदेश २ लाई यातायात मैत्री बनाउन आफु तयार रहेको मुख्यमन्त्री लालबाबु राउतको भनाई


काठमाडौं । चैत ५ गते
यातायात ब्यवसायी संघ, सिमरा बाराको १५औँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई यातायात मैत्री बनाउन आफु तयार रहेको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकार सधै यातायात ब्यवसायीहरुको साथमा रहने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले कर्मचारी तन्त्र सरकारमा हाबी भएका कारण प्रदेश सरकार चाहेर पनि सोचे जस्तो काम गर्न नसकेको दुखेसो पोख्नु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई योजनाबद्ध रुपमा केन्द्र सरकारले कमजोर बनाएका कारण प्रदेश सरकार बिकासमा फड्को मार्न नसकिरहेको उल्लेख गर्नु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला