×

TUNGOON

आगामी कार्यकाल २०२१–२०२३ का लागि एनआरएनए अमेरिकामा हुन गइरहेको निर्वाचनमा म्यासाचुसेट्सबाट च्याप्टर अध्यक्षमा प्रेम तामाङ दिए उम्मेदवारी


काठमाडौं । चैत ५ गते
आगामी कार्यकाल २०२१–२०२३ का लागि एनआरएनए अमेरिकामा हुन गइरहेको निर्वाचनमा म्यासाचुसेट्सबाट च्याप्टर अध्यक्षमा प्रेम तामाङले उम्मेदवारी घोषणा गर्नु भएको छ ।विगतमा बोस्टनको स्थानीय संस्थाहरु ग्रेटर बोस्टन नेपाली कम्यूनिटी (जिबिएनसी) र बोस्टन तामाङ समाजलाई नेतृत्व गरि सक्नु भएका तामाङ बोस्टनका नेपालीहरु माझ चिरपरिचित ब्यक्तित्व हुनु भएको स्थानीय मतदाताको भनाई छ ।त्यसैगरी च्याप्टर उपाध्यक्षमा खुम(राजु) गुरुङ, सचिवमा प्रचण्ड श्रेष्ट, सहसचिवमा सलोनी भण्डारी, कोषाध्यक्षमा अजय कुसवाह, महिला संयोजकमा अन्जु थापा, युवा संयोजकमा मुकुन्द पोख्रेल, बोर्ड अफ डायरेक्टरहरुमा कृष्ण महत, समुन्द्र श्रेष्ट, अन्जना घले, रुपक अधिकारी, प्रमिला धमला बन्जारा, र शिव राज मिश्रले उम्मेदवारी घोषणा गरेका छन् ।गत साल महामारीको बेला कोरोना पीडित नेपालीहरुलाई राहत वितरण गर्न आफैं खट्नु भएको थियो ।

कोरोना महामारीकै बीच एनआरएनए अमेरिकालाई म्यासाचुसेट्समा डिबिए रजिस्ट्रेशन गर्न समेत भ्याउनु भयो । उहाँकै नेतृत्वमा यसपाली दुई सय चानचुन मतदाता भएको सानो राज्यमा एक हजार नाघ्यो”स्थानीय मतदाताको थप भनाई थियो ।उम्मेदवारी सम्बन्धमा बुझ्न खोज्दा कोरोनाले गर्दा सोचे अनुसार काम गर्न नसकिएको र आम मतदातामा मेरै नेतृत्वको अपेक्षा रहेकोले उम्मेदवारी घोषणा गरेको वर्तमान अध्यक्ष तामाङको भनाई छ । उहाँले यसपटक कुनै अमुक राजनीतिक दलको ट्याग लगाएर म बिरुद्ध प्रचार गरिंदै छ भन्ने खबर बाहिर आएको भन्दै मतदातालाई भ्रममा नपार्न आग्रह गर्नु भएको छ ।अघिल्लो निर्वाचनमा प्रेम तामाङले ९५ को बिरुद्ध १२२ मत ल्याएर प्रतिद्वन्द्वी समन्ता बज्राचार्यलाई पराजित गर्नु भएको थियो ।एनआरएनएको अन्तर्राष्ट्रीय समन्वय परिषदको हालैको भर्चुअल बैठकले सम्पूर्ण ८० वटा देशका राष्ट्रीय समन्वय परिषदहरुको निर्वाचन जुलाई महिनाको १ देखि ३१ तारिक भित्र गर्नु पर्ने निर्णय गरि स्वीकृतिका लागि नेपाल सरकार समक्ष पठाएको छ । यदि उक्त निर्णय नेपाल सरकारबाट स्वीकृत नभए एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे मा हुनेछ ।हालसम्ममा केन्द्रीय अध्यक्षमा तिलक केसी, कृष्ण लामिछाने, बुद्धी सुवेदी, र अर्जुन बन्जाडे, बरिष्ट उपाध्यक्षमा कृष्ण जिबि पन्थ र बिआर लामा, उपाध्यक्षमा टंक राज रेग्मी, चन्द्र लामा, सुरेन्द्र प्रकाश मल्ल, दिलु पराजुली र दया शाक्यले उम्मेदवारी घोषणा गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला