×

TUNGOON

सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टिप्पणी


काठमाडौं । चैत ५ गते

अगुवा कार्यकर्ता भेलाका सन्दर्भमा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली जानु भएको थियो । आज बिहान त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू २७ वर्षपछि सिन्धुली पुगेको र विद्रोह काल सम्झिएको बताउनु भएको छ ।

आफूले पार्टी एकता गरी बनाएको दुइ तिहाइको बहुमतको सरकारबाट देशमा स्थायित्व, शान्ति र समृद्धिको यात्रा अगाडि बढ्ने ठूलो विश्वास गरेको तर ३ वर्ष पुग्दानपुग्दै दुर्घटनामा परेको उल्लेख गर्नुृ भएको छ । त्यस्तै अध्यक्ष दाहालले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आक्रोश व्यक्त गर्नु भएको छ । उहाँले सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको टिप्पणी गर्नु भएको थियो ।त्यस्तै अध्यक्ष प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई हटाउन लागिएको बताउनु भएको छ । प्रधानमन्त्रीलाई संसारभरका शक्ति लागेको तर पनि केहीदिनमा नै नयाँ सरकार बन्ने प्रतिवद्धता जनाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला