×

TUNGOON

आज सुनको मुल्यमा तीन सय रुपैयाँले बृद्धि,कति पुग्यो तोलाको?



काठमाडौं । चैत ५ गते

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा तीन सय रुपैयाँले बृद्धि भएको छ । आज छापावाल सुनको मुल्य तोलाको ८७ हजार २०० कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ८६ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको मुल्य पनि बढेर ८६ हजार ७५० कायम भएको महासंघले जनाएको छ ।यसैगरी, चाँदीको भाउ बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय ९० पुगेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला