×

TUNGOON

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक बालुवाटारमा सुरु, खनाल–नेपाल पक्षद्वारा बैठक बहिस्कार


काठमाडौं । चैत ५ गते

प्रधानमन्त्रीको सरकारी निवासमा भएको बैठक खनाल–नेपाल पक्षले भने बहिस्कार गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ ।

खनाल–नेपाल पक्षबाट ४४ जना सांसद सहभागी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको छ ।गएको फागुन २८ गते प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गरी नेकपा (माओवादी केन्द्र(बाट आएका २३ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

विधानविपरीत पदाधिकारी हटाएको तथा विधानानुसार मिल्दै नमिल्ने गरी २३ जना केन्द्रीय सदस्यसमेत मनोनीत गरेर जिम्मेवारी तोकिएपछि खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ । यही समयमा ओलीले संसदीय दलको बैठक राखेपछि त्यो पक्षले बहिस्कार गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला