काठमाडौं । चैत ६ गते
कम्युनिष्टहरूलाई मार्क्सको दर्शन भन्दै नयाँ ध्रुवीकरणमा लाग्न पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सुझाव दिनु भएको छ । आज सामाजिक सन्ञाल मार्फत आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले मार्क्सवादी दर्शनले पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने बताएको भन्दै अब नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनु भएको छ ।

अब नेकपाको लागि लड्नुभन्दा नयाँ ध्रुवीकरणमा लाग्नुपर्ने उहाँको भनाई छ ।पूर्वप्रधानमन्त्री डा.भट्टराईले नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको लागि आधार बन्न सक्ने बताउनु भएको छ । अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने उहाँको भनाई छ । फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै पूर्वप्रधानमन्त्री डा.भट्टराईले नेताहरुलाई प्रश्न समेत गर्नु भएको छ ।