×

TUNGOON

२०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गरिने


काठमाडौं । चैत ६ गते
२०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गरिने भएको छ । बिहिबार साहित्य सन्ध्या नेपालले उक्त निर्णय गरेको हो । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा बिगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ ।

संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा।डा। जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुरस्कार अर्पण गरिनेछ ।डा।.रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला