×

TUNGOON

आज दिउँसो १ बजे पुनःस्थापित प्रतिनिधिसभाको चौथो बैठक बस्दै


काठमाडौं । चैत ६ गते
आज दिउँसो १ बजे पुनःस्थापित प्रतिनिधिसभाको चौथो बैठक बस्दै छ । यसअघिका ३ बैठक शोक सभामा सीमित भएकोमा आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । लगातार तीनवटा बैठक शोक सभामा परिणत भएको प्रतिनिधिसभाको चौथो बैठक आज बस्न लागेको हो । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा पनि शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ । संविधानसभाका पूर्वसदस्य अशोक कोइरालाको निधनका कारण शोक प्रस्ताव पेस हुन लागेको हो । कोइरालाको बुधबार राति विराटनगरमा निधन भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला