×

TUNGOON

पत्रकार सम्मेलन गर्दै आज महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले दिए राजीनामा


काठमाडौं । चैत ६ गते
पत्रकार सम्मेलन गर्दै आज महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले राजीनामा दिनु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको बताउनु भएको हो । केही साता अघि देखि नै खरेलले राजीनामा दिने हल्ला चलेको थियो। उहाँले प्रधानमन्त्री ओलीसँग छलफल गरेर राजीनामा दिएको जानकारी दिनु भएको छ । उहाँले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको र प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध अत्यन्त सुमधुर रहेकाले छलफल गरेरै राजीनामा दिएको बताउनु भएको छ ।महान्यायाधिवक्ता खरेलले आफ्नो कार्यकालमा आफूले राम्रै काम गरेको महसुस गरेको समेत बताउनु भएको छ ।

निरर्थक होइन सार्थक समय बिताए जस्तो लागेको भन्दै उहाँले ३७ महिनामा ३९ भवन निर्माण भएको जानकारी दिनु भएको छ । उहाँ संहिता कार्यान्वयन र फौजदारी सुधार गर्न सफल भएको भन्दै व्यवसायिकता विकास गर्ने प्रयास गर्नुकासाथै ४०० जनशक्ति थप गरी संस्थागत सुधार गर्ने प्रयास भएको जानकारी दिनु भएको छ । राजीनामा दिएपछि उहाँले अब सक्रिया राजनीतिमा फर्किने बताउनु भएको छ । खरेल २०७४ फागुन ८ गते २७ औं महान्यायाधीवक्तामा नियुक्त हुनु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला