×

TUNGOON

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने कांग्रेस प्रमुख सचेतक खाँणको भनाई



काठमाडौं । चैत ६ गते
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले माग गर्नु भएको छ । उहाँले सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै सरकारको आलोचना समेत गर्नु भएको छ । प्रमुख सचेतक खाँणले अदालतले सरकरको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले नैतिकताको आधारमा मार्ग प्रसस्त गर्नुपर्ने भए पनि सरकार जिम्मेवार नभएको बताउनु भएको छ । उहाँले यो सरकार गठन भएदेखि नै संविधान माथि प्रहार गरेको आरोप लगाउनु भएको छ ।

सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लागएर पनि प्रतिगमन गरेको उहाँको आरोप थियो। मिडीया विधेयक, सूचना प्रविधि, गुठी विधेयक लगायतका विधेयक ल्याएर सरकारले प्रतिगमन गरेको खाँणले आरोप लगाउनु भएको छ । प्रमुख सचेतक खाँणले कसैलाई जानकारी नै नदिएर भुमिगत शैलीमा ओलीले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेकाले सरकारको शैली निरंकुश भएको बताउनु भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि सरकारले प्रतिनिधिसभालाई काम नदिएको उहाँको भनाइ थियो। उहाँले सरकारले सदनमा विधेयक ल्याउन नसकेको आरोप लगाउनु भएको छ । प्रमुख सचेतक खाँणले एसिड आक्रामण सम्बन्धि दोषिलाई कडा भन्दा कडा सजाय हुनु पर्ने र यसमा सरकारलाई आफ्नो साथ रहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला