×

TUNGOON

दुइवटै मुद्दा हारेपनि अदालतलाई आलोचना र आच्छेप नलगाएको परराष्ट्र मन्त्री ज्ञवालीको भनाई


काठमाडौं । चैत ६ गते
आज प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेकातर्फबाट बोल्दै दुइवटै मुद्दा हारेपनि आलोचना र आच्छेप नलगाएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताउनु भएको छ । उहाँले सरकार वा प्रधानमन्त्रीको हिसावले भन्ने हो भने आफुहरु दुइटै मुद्दा हारेकाको तर अदालतलाई कुनै आलोचना वा आच्छेप नलगाएको बताउनु भएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले प्रतिनिधि सभा विघटनको निर्णय र एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएकोप्रति फैसलालाई इङ्गित गर्दै दुईवटा मुद्दा हारेको बताउनु भएको हो । उहाँले प्रतिगमनको गलत ब्याख्या भएको उल्लेख गर्दै सदन अग्रगमनतर्फ अघि बढ्नुपर्ने बताउनु भएको छ । उहाँले सरकारले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गर्दै गएपनि सरकारका हरेक कदमलाई प्रतिगामी भन्नु गलत भएको उल्लेख गर्नु भएको छ । आफूहरु ताजा जनादेशमा जान खोजेपनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरु बाध्य भएको उहाँको भनाइ थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला