×

TUNGOON

जनता समाजवादी पार्टी कसैका कारण नफुट्ने सांसद राजकिशोर यादवको दाबी


काठमाडौं । चैत ६ गते
आफ्नो पार्टी कसैका कारण नफुट्ने जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले दाबी गर्नु भएको छ । उहाँले आज भएको प्रतिनिधिसभा बैठकमा बोल्दै जसपा अहिले निर्णायक भएको उल्लेख गर्दै कोही यता र कोही उता नहुने जिकिर गर्नु भयो । सांसद यादवले जनता समाजवादी पार्टी एक ढिक्का रहेको र कसैको कारणले नफुट्ने भन्दै कुनै लोभ लालचमा नफस्ने बताउनु भएको छ ।

मुलुक अगाडि बढाउन सही समयमा सही निर्णय लिने सांसद यादवको भनाई थियो । उहाँले राष्ट्रिय सहमति गरेर संविधान परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले रेशम चौधरीको विषय सरकारको लेनदेनको विषय बन्न नहुने बताउनु भएको छ । थरुहट आन्दोलनमा सम्पूर्ण आन्दोलनकारीसँग राजबन्दी सरह, राजनीतिक समस्या समाधान गरे जसरी समाधान गर्नुपने उहाँको भनाई थियो । उहाँले रेशम चौधरीको विषय देखाएर जनता समाजवादी पार्टीको छवि खराब गर्ने काम भइरहेको समेत बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला