×

TUNGOON

सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने कांग्रेसका नेता गगन थापाको भनाई


काठमाडौं । चैत ६गते
सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने नेपाली कांग्रेसका नेता गगन थापाले बताउनु भएको छ । उहाँले प्रधानमन्त्री ओलीको नेतृत्वमा निर्वाचन निष्पक्ष हुनै नसक्ने धारणा व्यक्त गर्नु भएको छ । नेता थापाले नेकपाले जनताबाट पाएको म्याण्डेट गुमाएकाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने बताउनु भएको छ । केन्द्रीय समिति र संसदीय दलको बैठकबाट ओली हटाएर कांग्रेसले नेतृत्व गर्ने निर्णय गराउनुपर्ने सुझाव नेता थापाले कांग्रेस नेतृत्वलाई दिनु भएको छ ।

नेता थापाले अदालतको फैसलाले उपनिर्वाचनमा नेकपाबाट विजयीहरुको दलीय पहिचान नखुलेको बताउनु भएको छ । उहाँले उपचुनावमा नेकपाबाट निर्वाचित भएकालाई जनप्रतिनिधि मान्‍न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री ओलीको प्रवृत्तिप्रति स्वेच्छाचारी भएको नेता थापाले आरोप लगाउनु भएको छ । ओली प्रवृत्ति सरकार नभएर सत्ता भएको उहाँको टिप्पणी रहेको छ । राज्यका सबैको संवैधानिक निकायको प्रमुखका रुपमा प्रधानमन्त्रीले आफूलाई नै उभ्याउने गरेको थापाले बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला