×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत ७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्ने तथा बन्दव्यापारमा बढावा हुनुका साथै साथीबाट सहयोग पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज राज्यबाट मान सम्मान पाइने योग रहेको छ भने कुटुम्बको सहयोग मिल्नुका साथै घरमा अतिथीको आगमन हुनेछ तथा बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
खानपान, आहारविहार र स्वास्थ्यप्रति सचेत रहनु बेस हुनुका साथै घर परिवारमा झै–झमेलाको अवस्था आउनसक्छ र दिनको उत्तरार्धमा बढी खर्च होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुने तथा दाम्पत्य जीवन पनि सुखमय नै रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मायाँ प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानुका साथै शुभ समाचार सुन्न पाईएला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनुक साथै छ । शुभकार्यको चर्चा चल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नुक ासाथै वैदेशिक कार्य राम्रो हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज खर्च नियन्त्रणभन्दा बाहिर हुनुका साथै कार्य सम्पादनमा सहजता नमिल्ने तथा जिद्दीपनाले गर्दा काम बिग्रने योग रहेको छ भने स्वास्थ्यप्रति सजक रहनु होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने । परिवारमा सुख सन्तोष छाउने तथा धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनुका साथै मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ र सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनुका साथै लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुने तथा रमाईलो यात्रा पनि होला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अरुलाई प्रभावित पारेर काम बन्ने तथा वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुने योग रहेको छ भने आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै पठनपाठनमा प्रगति हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला