×

TUNGOON

वास्तु शास्त्रका अनुसार घरको उत्तर र दक्षिण दिशा बनाउदा ख्याल गर्नुपर्ने कुराहरु


काठमाडौं । चैत ७ गते

हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ।प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।

वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। आाज हामि वास्तु शास्त्रका अनुसार घरको पूजास्थल कुन दिशामा बनाउने भन्नेबारे चर्चा गर्न गैरहेका छौ ।हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। वास्तु शास्त्रका अनुसार घरको उत्तर र दक्षिण दिशा बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन् ।

१. उत्तर
उत्तर दिशा भनेको व्यापार९व्यवसाय तथा पेसाको लागि उत्तम दिशा हो। त्यसैले जो व्यक्तिले नयाँ व्यवसाय गर्न चाहन्छ, नयाँ कार्यालय खोल्न चाहन्छ, उसको लागि उत्तर दिशातर्फको कोठा अथवा कार्यालय उत्तम रहन्छ। विज्ञानबाट पनि के थाहा पाइएको छ भन्दा सूर्यबाट आउने हानिकारक विकिरणहरूको असर उत्तर दिशातर्फ कम पर्दछ। त्यसैले घरको आँगन अथवा खुल्ला ठाउँ उत्तर तर्फ बनाउनु सबैभन्दा उत्तम हुन्छ। साथै उत्तर दिशालाई धार्मिक तवरले पवित्र पनि मानिन्छ।
उत्तर दिशासँग सम्बन्धित निम्न कुराहरूमा विशेष ख्याल राख्नुपर्दछ

उच्चतम सफलताको लागि कार्यालयकक्षलाई घर वा भवनको उत्तरतर्फ राख्नु उचित हुन्छ।
घरको उत्तर दिशातर्फ निर्माण कार्यलाई अलि कमै गर्दा ठीक हुन्छ। यदि तपाईँको घरको उत्तरतर्फ सदावहार निर्माण कार्य भैरहन्छ भन्ने जान्नुहोस् कि तपाईँको जीवनमा संवृद्धि छाउन सक्दैन।
भाञ्छा, चर्पी तथा फोहोर फाल्ने ठाउँ उत्तरतर्फ राख्दै नराख्नुहोस्।
घरको भर्याङ पश्चिमतर्फ राख्नु उचित हुन्छ, उत्तर तर्फ भर्याङ राख्दा त्यसले जीवनमा आर्थिक गिरावटको सङ्केत गर्दछ।
सुत्ने कोठा घरको उत्तर तर्फ नलगाउनुहोस् र सुत्दा पनि उत्तरतर्फ टाउको राखेर नसुत्नुहोस्।

२. .दक्षिण
वास्तुशास्त्रीहरू दक्षिण दिशालाई अक्सर विवादास्पद तरिकाले हेर्ने गर्छन्। वास्तुशास्त्र मान्नेहरू पनि दक्षिण दिशा देखि डराउने गर्छन्। किनभने यो दिशा र मानवजातिको बीचमा समन्वय छ वा छैन भन्ने कुराको अझसम्म ठेट उत्तर पत्ता लाग्न सकेको छैन। उदाहरणकै लागि, मानौँ कसैले दक्षिण तर्फ मूल द्वार राखेर घर निर्माण गर्यो। निर्माणको केहि वर्षसम्म त उसको जीवनमा सफलताले बास गरिरहन्छ, तर केहि वर्षपश्चात उसको सफलता विफलतातर्फ गिर्दै जान्छ। त्यसैले वास्तुशास्त्रीहरू के सल्लाह दिन्छन् भने दक्षिण दिशालाई पालैपालो गरी प्रयोग गर्नुपर्छ।
दक्षिण दिशाको बारेमा जान्नुपर्ने कुराहरू
घरको अन्य दिशाका भागहरूलाई भन्दा दक्षिण भागलाई अग्लो बनाउनुपर्दछ।
घरको छतमा राख्ने पानीको ट्याङ्की दक्षिणतर्फ राख्नु उचित हुन्छ।
भाञ्छाकक्ष तथा भोजनकक्ष दक्षिण दिशामा राख्नु अशुभ मानिन्छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला