×

TUNGOON

नेकपा एमालेको केन्द्रीय समिति (कमिटी) बैठक बालुवाटार सुरू


काठमाडौं चैत ७ गते
नेकपा एमालेको संसदीय दलको बैठक सकिए लगत्तै केन्द्रीय समिति (कमिटी) बैठक बालुवाटारमा सुरू भएको छ। यसअघि बसेको संसदीय दलको बैठकले संसदीय दलको संशोधित विधान पारित गरेको छ र नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने संसदीय दलको निर्णय पनि गरिएको छ ।
यसअघिको बैठकमा अनिवार्य रुपमा सूर्य चिन्हबाट विजयी भएकाहरुलाई प्रधानमन्त्री ओलीले बोलाउनुभएको थियो ।

तर, नेपाल–खनाल पक्ष भने बैठकमा उपस्थित भएको थिएन ।ओली पक्षको बैठक समापनलगत्तै नेपाल–खनाल पक्षले तीन सांसदहरुलाई ५ बुँदे मागपत्रसहित बालुवाटार पठाएको थियो । बालुवाटारमा सांसद् जीवनराम श्रेष्ठले ५ बुँदे मागपत्र पढेर सुनाएका थिए । त्यसपछि बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई पत्र बुझाइएको जनाइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला