×

TUNGOON

नेपाली कांग्रेसलाई कुनै पनि दलबाट सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव नआएको कांग्रेसका उपसभापति निधिद्वारा खुलासा



काठमाडौं चैत ७ गते

नेपाली कांग्रेसलाई कुनै पनि दलबाट सरकारको नेतृत्व गर्न औपचारिक प्रस्ताव नआएको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले खुलासा गर्नु भएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गत साता जसपासँग भएको छलफलमा पनि सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव नआएको प्रस्ट्याउनु भएको छ । वैकल्पिक सरकार गठनका लागि कांग्रेससँग पर्याप्त संख्या नभएकाले कांग्रेस मौन रहेको उहाँको भनाइ थियो ।

उहाँले प्रतिनिधिसभालाई गतिशील बनाउनुपर्नेमा जोड दिँदै पुनःस्थापनापछिका चार बैठक शोक प्रस्ताव पारित गरेर सकेकोमा आपत्ति जनाउनु भएको थियो । लोकतन्त्र कमजोर पार्नका लागि प्रतिनिधिसभालाई बिजनेसविहीन बनाइएको उहाँको आरोप थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला