×

TUNGOON

नेपालमा पनि हिटलरको उदय भइरहेको पूर्वप्रधानमन्त्री डा. भट्टराईको कथन, प्रधानमन्त्री व्यक्ति केन्द्रित शक्ति प्राप्तिमा लागेको आरोप



काठमाडौं । चैत ८ गते
नेपालमा पनि हिटलरको उदय भइरहेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गर्नु भएको छ ।

उहाँले हिटलरको भनाइको उदाहरण दिँदै प्रधानमन्त्री ओली व्यक्ति केन्द्रित शक्ति प्राप्तिमा लागेको आरोप लगाउनु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले नेपालमा हिटलरको रुपमा ओलीको उदय भइरहेको उल्लेख गर्नु भएको छ । उहाmँे नेपालमा हिटलर उदय भइरहेको बताउँदै नयाँ हिटलरले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउन लागेको भन्दै सजग गराउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला