×

TUNGOON

वास्तु शास्त्रका अनुसार घरको उत्तर–पूर्व, उत्तर–पश्चिम बनाउदा ख्याल गर्नुपर्ने कुराहरु


काठमाडौं । चैत ८ गते
हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ।प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।

वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। आाज हामि वास्तु शास्त्रका अनुसार घरको पूजास्थल कुन दिशामा बनाउने भन्नेबारे चर्चा गर्न गैरहेका छौ ।हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। वास्तु शास्त्रका अनुसार घरको उत्तर र दक्षिण दिशा बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन् ।

१. उत्तर–पूर्व
उत्तर–पूर्व दिशालाई भगवानको दिशा मानिन्छ। आठै दिशाहरूमध्ये यो दिशालाई सबैभन्दा पवित्र मानिन्छ र यो दिशाको सहि सदुपयोगले पुरुष तथा महिलाहरूको जीवनमा सुख, शान्ति र संवृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ। त्यसैले
घरको उत्तर–पूर्व दिशामा खुल्ला ठाउँ अथवा चउर बनाउनु सबैभन्दा उत्तम हुन्छ।
घरको उत्तर–पूर्व दिशा अन्य दिशा भन्दा हलुका होचो स्थानमा रहेको शुभ मानिन्छ।
पूजा गर्ने कोठा यो दिशामा राख्नु सबैभन्दा फलदायी हुन्छ।

२.उत्तर–पश्चिम
परिवारका सदस्यहरूबीच पारस्परिक सम्बन्ध बिगार्ने अथवा सुधार्ने काम यसै दिशाले गर्दछ। व्यक्तिको प्रेमसम्बन्धमा पनि उत्तर९पश्चिम दिशाले प्रत्यक्ष प्रभाव पार्दछ। त्यसैलेनवविवाहित दम्पत्तीको कोठा उत्तर–पश्चिम दिशामा राख्दा त्यस दम्पत्तीको जीवनमा कहिल्यै पनि शान्ति छाउन सक्दैन।
भाञ्छाकक्ष, भोजनकक्ष, सुत्ने कोठालाई यो दिशामा नराखेकै राम्रो।
घरको निर्माण गर्दा उत्तरपश्चिमदिशाबाट कहिल्यै पनि निर्माण सुरु गर्नुहुँदैन।
यदि घरको जमीनमुनि पानीको ट्याङ्की छ भने त्यसलाई पनि यो दिशामा नराख्नुहोला।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला