×

TUNGOON

पार्टी नेतृत्वको कारवाहीले कम्युनिस्ट आन्दोलन नरोकिने नेकपा एमालेका केन्द्रीय सदस्य कुमार राईको भनाई


काठमाडौं । चैत ८ गते
पार्टी नेतृत्वको कारवाहीले कम्युनिस्ट आन्दोलन नरोकिनेनेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र कुमार राईले प्रतिक्रिया दिनु भएको छ । माधव समूहमा रहेका सांसद राईले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीका लागि चुनौती दिँदै त्यसले कम्युनिस्ट आन्दोलन भने नरोकिने जिकिर गर्नु भएको छ ।

राईले कारवाहीबाट जनप्रतिनिधि पद गएमा र आउँदो चुनाव नजितिए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता नहुने उल्लेख गर्नु भएको छ । उहाँले न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन रहेकोमा आफू जानकार रहेको बताउनु भएको छ । उहाँले प्रतिगामी, प्रतिक्रान्तिकारी,गद्दार कम्युनिस्ट पार्टीभित्र जन्मिन सक्ने र इतिहासमा धेरै पटक जन्मिएको उल्लेख गर्दै तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन नरोकिए तथा अब पनि नरोकिने जिकिर गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला