×

TUNGOON

देशी–विदेशीहरूले प्रधानमन्त्री ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको प्रचण्डको आरोप



काठमाडौं । चैत ८ गते
पहिचान र अधिकारको मुद्दा नछोडेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछोडेको बताउनु भएको छ ।

उहाँले दलित र महिलालाई विशेषाधिकार दिन आफूले पहल गरेको बताउनु भयो । विशेषाधिकारविना महिला र दलितले वास्तविक अर्थमा अधिकारसम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न नसक्ने उहाँले बताउनु भयो । प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताउनु भयो । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी–विदेशीहरूले प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको उहाँले आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला